Nepal

तस्वीर कपीराइटAFPपछिल्लो समय नेपालमा चिनियाँ सैन्य सहयोग निकै बढ्नुलाई चीनले आफ्नो सुरक्षा चासो सम्बोधन गर्ने एउटा स्थिर शक्तिको रूपमा नेपाली सेनालाई हेरिरहेको सङ्केतका रूपमा बुझ्नुपर्ने कतिपय जानकार बताउँछन्।त्यसकै पछिल्लो कडीका रूपमा कार्तिक दोस्रो हप्ता उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो चीन भ्रमणका क्रममा त्यहाँको सरकारसँग अघिल्ला वर्षका तुलनामा झण्डै ५० प्रतिशत बढ्ने गरी सैन्य सहायतासम्बन्धी सम्झौता गरेका थिए।चिनियाँ सहयोग मानवीय र विपद् व्यवस्थापनका क्षेत्रमा केन्द्रित हुने भनिए पनि त्यसको प्रारूपबारे अहिलेसम्म टुङ्गो लागिनसकेको नेपाली सेनाले जनाएको छ। ‘द्वन्द्वका मुद्दामा सेना तानिनु हुँदैन’ - BBC News नेपालीतपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैनकमान्ड एन्ड स्टाफ कोर्समा प्रथम महिलाबढ्दोपछिल्ला दुई वर्षमा चीनले १० करोड चिनियाँ युआन बराबरको सहयोग गरेकोमा यो वर्ष ५० प्रतिशतले बढाएर १५ करोड युआन अर्थात् झण्डै दुई अरब ५० करोड रूपैयाँ पुर्‍याएको हो। चिनियाँ पक्षले नेपालका सातवटै प्रदेशमा विपद् व्यवस्थापन केन्द्र स्थापनाका लागि केही समय अघिदेखि रुचि देखाइराखेको बताइन्छ। अहिले सम्झौता भएको रकम भने खासगरी उपकरण खरिद र सैन्य क्षमता अभिवृद्धिमा खर्च हुने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारी बताउँछन्। तस्वीर कपीराइटReutersउनी भन्छन्, "विपद् व्यवस्थापन भनिएकाले उपकरण र तालिमहरूमा सो रकम खर्च हुन सक्छ। क्षमता अभिवृद्धि मुख्य कुरा भएता पनि त्यो कसरी गर्ने स्पष्ट भइसकेको छैन।"बदलावनेपालमा गणतन्त्र स्थापना हुनुअघि चीनको सुरक्षा सहकार्य नगन्य पाइएकोमा त्यसयता भारत र अमेरिकाजस्ता नेपालका पुराना सैन्य सहयोगी राष्ट्र जसरी बेइजिङ आउन खोजेको देखिएको जानकारहरू बताउँछन्। देशमा राजतन्त्र रहँदा उसले दरबारलाई स्थायी शक्तिको रूपमा लिनेगर्थ्यो र त्यसमार्फत् आफ्ना सुरक्षा चासोलाई सम्बोधन गर्ने गरेकोमा अहिले त्यसमा परिवर्तन आइरहेको भन्ने उनीहरूको मत पाइन्छ।त्यसमाथि दक्षिण एसियामै आफ्नो सामरिक प्रभाव बढाउने एउटा माध्यमका रूपमा समेत चीनले यस्ता सहयोगलाई हेर्न थालेको नेपाली सेनाका एकजना अवकासप्राप्त उपरथी बिनोज बस्न्यात बताउँछन्। उनी भन्छन्, "यसबाट दक्षिण एसियाली मुलुकहरूमा चीनको राजनीतिक र सुरक्षाको स्वार्थ बढिरहेको भन्ने देखिन्छ।"'सुरक्षा सुनिश्चितता'चिनियाँ सहयोगमा ठूला परियोजनाका चर्चामाझ पनि त्यसमा हुने लगानीको सुरक्षालाई चीनले चासोपूर्वक हेरेकै कारण सेनालाई सहयोग बढाइरहेको ठान्नेहरू पनि छन्। उसले सशस्त्र प्रहरी बलको राष्ट्रिय प्रतिष्ठान निर्माणदेखि सेनासँगका द्विपक्षीय सैन्य अभ्याससम्म बढाइरहेको छ। तर सम्वादका क्रममा कतिपय अवस्थामा सरकारभन्दा सेनाको सिधै अग्रसरता देखिँदा नागरिक नियन्त्रणमा चुनौती देखिनसक्ने जोखिम कतिपय विज्ञले औंल्याएका छन्। तिनैमध्ये एक सुरक्षाविद् गेजा शर्मा वाग्ले भन्छन्, "नेपालका सुरक्षा निकायहरूलाई सहयोग गर्ने अघोषित रूपमा प्रतिस्पर्धा नै छ। जसकै कारण नेपालको राष्ट्रिय राजनीतिमा बढेको नेपाली सेनाको भूमिकाले सेना सरकारभन्दा शक्ति केन्द्रको प्रभावमा हुनसक्ने जोखिम देखिन्छ।"आपसी सहयोग र सहकार्य बढ्दै जाँदा देशहरूबीच सैन्य सहकार्य हुने कुनै नौलो नभए पनि त्यस क्रममा देशको भूराजनीतिक अवस्थालाई समेत बिर्सन नहुने विज्ञहरूको मत पाइन्छ।





Unlimited Portal Access + Monthly Magazine - 12 issues-Publication from Jan 2021


Buy Our Merchandise (Peace Series)

 


Contribute US to Start Broadcasting



It's Voluntary! Take care of your Family, Friends and People around You First and later think about us. Its Fine if you dont wish to contribute and if you wish to contribute then think about the Homeless first and Feed them. We can survive with your wishes too :-). You can Buy our Merchandise too which are of the finest quality.

Debit/Credit/UPI

UPI/Debit/Credit

Paytm


STRIPE





13