INSUBCONTINENT EXCLUSIVE:
नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध
व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय
प्रधानमन्त्रीले समय अभावका कारण बुझ्न नपाएको एकजना
भारतीय सदस्यले बताएका छन्।ईपीजीमा भारतीय पक्षबाट
सदस्य रहेका प्राध्यापक महेन्द्र पी लामाले
बीबीसीसँग कुरा गर्दै त्यसप्रतिको असन्तुष्टिका कारण
नबुझेको भन्ने चर्चालाई 'अडकल' को रूपमा
अर्थ्याए।द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन अनि
सन्धिसम्झौता लगायतका विषयमा सिफारिस गर्न गठन
गरिएको ईपीजीले दुई वर्ष लगाएर प्रतिवेदन तयार गरेको
चार महिना हुन लाग्यो।नेपालमा अन्तिम बैठक गरेर सहमति
भएको घोषणा गर्दा ईपीजीमा संलग्न दुवै पक्षबाट
प्रतिवेदन पहिले भारतका र त्यसपछि नेपालका
प्रधानमन्त्रीलाई बुझाउने बताइएको थियो।भारतीय
प्रधानमन्त्रीले उक्त प्रतिवेदन बुझ्न समय नदिँदा
नेपालमा विभिन्न अनुमान भइरहेका छन्।तर प्राध्यापक
लामाले भने, "हाम्रो अध्यक्ष (भगतसिंह कोशियारी) ले
बताएअनुसार प्रधानमन्त्रीको व्यस्तताका कारण
प्रतिवेदन बुझाउने समय नमिलेको हो।"