अमेरिकी संसदीय चुनावः ट्रम्पलाई झट्का

INSUBCONTINENT EXCLUSIVE:
तस्वीर कपीराइटReutersअमेरिकामा सम्पन्न संसदीय चुनावबाट
डेमोक्र्याटिक पार्टीले तल्लो सदन प्रतिनिधिसभामा
नियन्त्रण कायम गरेको छ।त्यसलाई राष्ट्रपति डोनल्ड
ट्रम्पका लागि एउटा झट्काको रूपमा हेरिँदैछ।गत आठ
वर्षमा पहिलो पटक तल्लो सदनमा नियन्त्रण कायम गर्दै
डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिका मुद्दालाई
रोक्न सक्ने अवस्था सिर्जना गरेको छ।मङ्गलवारको
संसदीय चुनावलाई ट्रम्प शासनमाथिको एउटा जनमत
सङ्ग्रहका रूपमा हेरिएको छ।फाइदाहुन त सन् २०२० सम्म
उनी पुनर्निर्वाचित हुनुपर्ने अवस्था होइन।
डेमोक्र्याटहरूले ट्रम्पविरुद्ध उदारवादी नीतिको
उपयोग गर्दै चुनावी फाइदा लिएको बताइएको छ।बीबीसीको
अमेरिकी साझेदार सीबीएस नेटवर्कको प्रक्षेपण अनुसार
प्रतिनिधिसभामाथि नियन्त्रण गर्नका लागि आवश्यक २३
स्थानमा डेमोक्र्याटिक पार्टीले जित हासिल गर्ने
देखिएको छ। तस्वीर कपीराइटGetty Imagesयोसँगै
डेमोक्र्याटहरूले अब ट्रम्पका योजनालाई अझ
प्रभावकारी ढङ्गले रोक्न सक्नेछन्।मेक्सिकोसँगको
सिमानामा पर्खाल बनाउने उनको योजनालाई पनि उनीहरूले
तुहाउन सक्छन्।जोखिमडेमोक्र्याटिक पार्टीको
तर्फबाट पहिलो पटक दुईजना मुस्लिम महिला कंग्रेसमा
प्रतिनिधित्व गर्ने भएका छन्।यसपटक कीर्तिमानी
सङ्ख्यामा महिला उम्मेदवार उठेका छन्।
प्रतिनिधिसभाका सबै ४३५ स्थान, सिनेटका १०० मध्ये ३५
स्थान र ३६ वटा राज्यमा गभर्नर पदका लागि लागि मतदान
भएको हो।यसअघि प्रतिनिधिसभा विपक्षीहरूको
नियन्त्रणमा गए तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भन्ने
जिज्ञासामा राष्ट्रपति ट्रम्पले त्यो जोखिमपूर्ण
हुने बताएका थिए।सोमवार पत्रकारहरूलाई उनले भनेका
थिए, "त्यस्तो अवस्थामा हामीहरूले अलि फरक ढङ्गले काम
गर्नुपर्ने हुन सक्छ।"