सयपत्रीमा अझै आयातकै भर

INSUBCONTINENT EXCLUSIVE:
Image caption फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि
मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात
गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्।
पुष्पगुच्छा बनाइने र विशेषगरि सजावटमा प्रयोग
गरिने खालका फूलमा नेपाल लगभग आत्मनिर्भर भएपनि
मालाका लागि सयपत्री फूल भने अझै भारतबाट आयात
गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूले बताएका छन्।
उनीहरूका अनुसार नेपालमा बर्सेनि फूलको माग वृद्धि
भइरहेको भएपनि त्यस अनुसार उत्पादन बढ्ने सम्भावना कम
देखिएकाले आगामी वर्षहरूमा आयात अझ धेरै
हुनसक्छ।सरकारी अधिकारीहरू भने फूल खेती र
बजारीकरणका लागि छुट्टै नीति समेत बनाइएको र
प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन भइरहेकाले नेपाल
सबैखाले फूलमा चाँडै आत्मनिर्भर बन्ने दाबी गर्छन्।
कट्फ्लावर भनिने उपहार दिन र सजावट गर्न प्रयोग हुने
अधिकांश फूलका लागि आयातको भर पर्नुपर्ने अवस्था
नरहेको व्यवसायीहरू बताउँछन्। तपाईंको उपकरणमा
मिडिया प्लेब्याक सपोर्ट छैनफूल खेतीका
सुखदुखआत्मनिर्भरउनीहरूका अनुसार हिउँदमा पर्ने
'भ्यालेन्टाइन डे' अर्थात् प्रेम दिवसका लागि भने केही
मात्रामा गुलाबको आयात हुने गर्छ। काठमाण्डूकी एकजना
कट्फ्लावर उत्पादक सुशीला कठायत भन्छिन्, "जर्वेरा,
कार्निसन, गुलाब र गोदावरीमा चाहिँ आत्मनिर्भर छौँ।
धेरैले खेती गरेका छन् र राम्रै आम्दानी गरिरहेका
छन्।"पूजा गर्न र मालाका लागि प्रयोग हुने सयपत्रीको
भने आयातमै भर पर्नुपर्ने अवस्था रहेको
व्यवसायीहरूले बताए। तिहारलगायतका चाडपर्वका बेला
सयपत्रीको माग धेरै हुने गर्छ। Image caption
तिहारलगायतका चाडपर्वका बेला सयपत्रीको माग धेरै
हुने गर्छ। मागअन्य बेला दैनिक १७ देखि २० हजार
वटा जति माला विक्री हुने गर्छ। तर, तिहारका पाँच दिनमा
भने १५ लाख वटा जति मालाको माग हुने बताइन्छ। आधुनिक
प्रविधि अपनाएर खेती गर्न नसक्दा नेपालमा अझै पनि
वर्षभर नै सबैखाले फूलको उत्पादन गर्न सक्ने अवस्था
नरहेको व्यवसायीको भनाइ छ। फ्लोरिकल्चर एसोसिएसन
नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ भन्छन्, "हाम्रो
उत्पादन मौसममा भर पर्ने खालको छ। जाडोमा फूलको
उत्पादन घट्दै जान्छ, माग बढ्दै जान्छ। अनि वर्षायाममा
उत्पादन बढ्दै जान्छ र माग घट्दै जान्छ। त्यसलाई
मिलाउन आयात गर्नै पर्ने अवस्था छ।"अभावव्यवसायीहरू
फूल उत्पादन भएपछि धेरै दिन जोगाएर राख्न नसकिने
भएकाले सहरी क्षेत्र नजिकै खेती गर्नुपर्ने बाध्यता
रहेको बताउँछन्। तर, सहर नजिकका जग्गाहरू घडेरीमा
परिणत गर्ने क्रम बढेकाले फूलखेतीका लागि जग्गा अभाव
हुन थालेको उनीहरूको गुनासो छ। सरकारी अधिकारीहरू भने
फूल खेती विस्तार र फूलको बजारीकरणका लागि
व्यवसायीलाई आवश्यक सहयोग गरिरहेको दाबी गर्छन्।
पुष्प विकास केन्द्रकी प्रमुख ऋद्धि सिंह भन्छिन्,
"नर्सरीहरूलाई अनुदान र तालिम दिने तथा बजारीकरणमा
सहयोग गर्ने कार्यक्रम हामीले राखेकै छौँ। सम्बन्धित
क्षेत्रमा त्यहाँको स्थानीय र प्रदेश सरकारलाई
घच्घच्याएर पुष्प विकासका लागि जोड
दिनुपर्छ।"व्यवसायीहरूका अनुसार गत वर्ष नेपालमा
करिब १ अर्ब ८६ करोड रूपैयाँको पुष्प तथा पुष्पजन्य
वस्तुको कारोबार भएकोमा १२ करोड रूपैयाँको आयात र तीन
करोड रूपैयाँको निर्यात भएको थियो। नेपालबाट फूलका
गानोहरू र बीऊ विदेश पठाइने गरेकाले आधुनिक प्रविधि
भित्र्याएर खेती गर्न सके निर्यातको सम्भावन समेत
रहेको विज्ञहरू बताउँछन्।