INSUBCONTINENT EXCLUSIVE:
तस्वीर कपीराइटReutersबांग्लादेशमा रोहिंज्या
शरणार्थीहरूलाई सहयोग गर्दै आएका दर्जनौं सहायता
निकायहरूले शरणार्थीलाई फिर्ता पठाउने म्यानमार र
बांग्लादेशको योजनाप्रति चिन्ता व्यक्त गरेका छन्।
तिनीहरू भन्छन्- अर्को हप्ता म्यानमार फिर्ता पठाउन
सुरू गरिने त्यस्तो योजनाबाट ती रोहिंज्याहरू त्रसित
भएका छन्। म्यानमारको सेनाले गरेको कारबाहीपछि सात
लाखभन्दा बढी रोहिंज्या मुस्लिमहरू गत वर्षदेखि
बांग्लादेशस्थित अस्थायी शिविहरूमा अलपत्र परिरहेका
छन्। संयुक्त राष्ट्रसंघले कुनै पनि शरणार्थीका लागि
म्यानमार फिर्ता हुन अझै सुरक्षित नभएको बताएको छ।
'एउटा पुस्ता नै शिक्षाबाट वञ्चित हुने खतरा''फर्कने
रोहिंज्या शुरुमा शिविरमा'योजनाम्यानमार र
बांग्लादेशले अर्को हप्ताबाट एक पटकमा एक सय वा सोही
हाराहारीमा शरणार्थीहरूलाई फिर्ता पठाउने योजना
बनाएका छन्। तर त्यस्तो योजनाले अन्तर्राष्ट्रिय
समुदायमा थुप्रैलाई झस्काइदिएको छ। त्यस्तो शरणार्थी
फिर्ता योजनामा संयुक्त राष्ट्रसंघलाई संलग्न गरिएको
छैन। तस्वीर कपीराइटGetty Imagesअब सेभ द चिल्ड्रेन, अक्सफाम र
वर्ल्ड भिजनसहितका ४० वटाभन्दा बढी सहायता
निकायहरूले बांग्लादेश र म्यानमारको त्यस्तो
योजनाप्रति चिन्ता व्यक्त गर्दै एउटा संयुक्त
वक्तव्य जारी गरेका छन्। चिन्ताउनीहरूको उक्त
वक्तव्यका अनुसार घर फिर्तीबारे शरणार्थीहरूलाई
एकदमै कम जानकारी मात्र प्राप्त भएको छ, र तिनीहरू
म्यानमारमा वास्तवमा बन्दी अवस्थामा रहनु पर्ने भनी
गहिरो चिन्तामा रहेका छन्। ति सहायता निकायहरूले
भनेका छन्, शरणार्थी रोहिँज्याहरूले पनि आफ्नो घरबाट
नभागेर रखाइन प्रान्तमै रहेका अन्य रोहिंज्याहरूले
जस्तै स्वतन्त्र रुपमा हिड्न नपाउने, स्वास्थ्यसेवा
नपाउने वा शिक्षाबाट वञ्चित हुनु पर्ने परिस्थितिको
सामना गर्नुपर्ने हुनसक्छ। मौसममा केही सुधार हुँदै
गएकाले कतिपय रोहिंज्याहरू पुन: दक्षिण पूर्व एसियाका
अन्य क्षेत्रमा डुंगाहरूको प्रयोग गरेर भागेर जान
थालेका विवरणहरू पनि प्राप्त भएका छन्।
म्यानमारस्थित बीबीसी संवाददाता निक बिकका अनुसार
त्यसरी भाग्ने प्रयास निकै नै जोखिमपूर्ण हुन्छ किनकी
विगतका वर्षहरूमा त्यस्तो प्रयास गर्ने थुप्रै
मानिसहरूको ज्यान गइसकेको छ।