INSUBCONTINENT EXCLUSIVE:
तस्वीर कपीराइटBINITA DAHALदसैँ तिहार जस्ता चाडपर्वका बेला
देशका विभिन्न क्षेत्रमा विगत केही वर्षयता आन्तरिक
पर्यटकहरूको संख्या निकै बढ्न थालेको नेपाल पर्यटन
बोर्डका अधिकारीले बताएका छन्। केही वर्षअघिसम्म
चाडबाडका बेला धार्मिक स्थलहरू भिड देखिने गरेकोमा
अहिले भने विभिन्न हिमाली र पहाडी क्षेत्रका
पर्यटकीयस्थलमा पर्यटकहरूको बाक्लो उपस्थिति देखिन
थालेको बोर्डले जनाएको हो। चाडबाडका बेला
कार्यस्थलमा लामो विदा लिन समस्या नहुने र मौसम पनि
अनुकुल हुनाले यो समय रोज्ने गरेको आन्तरिक पर्यटकहरू
बताउँछन्।‘हालसम्मकै धेरै पर्यटक’आन्तरिक पर्यटक
तान्दै हात्ती महोत्सवअनुकुल मौसमत्रिचन्द्र
क्याम्पसमा माइक्रोबायोलोजी विषय पढाउने चारू
अर्ज्याल दसैँदेखि तिहारसम्मको विदाको छेको पारेर
यसपाली रारा घुम्न गइन्। गोसाइकुण्ड, मुस्ताङ, सगरमाथा
आधार शिविर, अन्नपूर्ण आधार शिविर जस्ता नाम चलेका
सबैजसो पर्यटकीय स्थल पुगिसकेकी उनी घुम्नलाई
चाडबाडको यही समय रोज्नुको कारण अनुकुल मौसम भएको
बताउँछिन्।यो बेला मौसम एकदम राम्रो हुन्छ। अनि
दशैँदेखि तिहारसम्म लामो विदा हुन्छ। योजना अनुसार मन
लागेका टाढा टाढाका ठाउँ जान सकिन्छचारू अर्ज्याल, एक
पदयात्रीउनले भनिन्, "यो बेला मौसम एकदम राम्रो हुन्छ।
अनि दशैँदेखि तिहारसम्म लामो विदा हुन्छ। योजना
अनुसार मन लागेका टाढा टाढाका ठाउँ जान
सकिन्छ।"धेरैजसो चाडबाडकै समय रोजेर यात्रा गर्ने
सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा कार्यरत संघर्ष
भट्टराई पनि यो पाली ८ वर्षीय छोरालाई लिएर तिहार
अगाडि लाङटाङको एक हप्ते पदयात्रामा निस्किए। एक
दशकभन्दा बढी समयदेखि वर्षको दुईपटकजसो पदयात्रामा
कतै न कतै निस्कने गरेका उनी केही वर्षयता पदयात्रा
गर्ने क्षेत्रमा सेवासुविधा पनि तुलनात्मक रुपमा
राम्रो हुन थालेको बताउँछन्। पर्यटकः 'जाली उद्धार' कम
भएकै हो तनेपाली ‘ताजमहल’ तानसेनलाईतस्वीर कपीराइटBINITA
DAHALकारणउनले भने, "पोहोर मनास्लु गएको थिएँ। केही
वर्षअघिसम्म त्यो क्षेत्रमा पदयात्राका लागि सेवा
सुविधाको हिसाबले निकै असहज थियो। बिहान पदयात्रा
सुरु गरेपछि बास बस्ने ठाउँ पुग्न दिनभरी हिँडेर
बेलुकामात्रै पुगिन्थ्यो। अहिले त धेरैजसो ठाउँमा
त्यस्तो अवस्था छैन।"नेपाल पर्यटन बोर्डको तथ्याङ्क
अनुसार सन् २०१७ मा देशभित्र कूल आन्तरिक पर्यटकको
संख्या ४५ लाख पुगेको त्यहाँकी वरिष्ठ निर्देशक
नन्दिनी लाहे थापाले बताइन्। अहिले नेपालमा मानिसहरू
दैनिक खर्चबाहेक पनि घुम्नका लागि खर्च गर्नसक्छन्।
त्यसले गर्दा पनि लामो विदामा घुम्न जानेहरूको संख्या
निकै बढिसक्योनन्दिनी लाहे थापा, वरिष्ठ निर्देशक,
नेपाल पर्यटन बोर्डकेही वर्षअघिसम्म घुम्नका लागि
मानिसहरूको रोजाइमा पोखरा, चितवन, लुम्बिनी जस्ता
स्थान परे पनि पछिल्लो वर्षहरूमा पदयात्रा गर्न
मिल्ने रारा, मनाङ, मुस्ताङ, खप्तडजस्ता ठाउँमा
पर्यटकको आकर्षण बढ्न थालेको उनी बताउँछिन्।उनले
भनिन्, "अहिले नेपालमा मानिसहरू दैनिक खर्चबाहेक पनि
घुम्नका लागि खर्च गर्नसक्छन्। त्यसले गर्दा पनि लामो
विदामा घुम्न जानेहरूको संख्या निकै
बढिसक्यो।"सरकारले सन् २०२० लाई भ्रमण वर्ष भनी घोषणा
गरेको छ। उक्त कार्यक्रमले बाह्य पर्यटकलाई मात्रै
नभइ आन्तरिक पर्यटकलाई पनि प्राथमिकता दिन 'पहिले देश
अनि विदेश' भनी प्रचारप्रसार गरिरहेको जनाएको छ। तर
खासगरी हिमाली क्षेत्रका पर्यटकीय स्थलमा अझै पनि
पदमार्गको चिन्ह संकेत जस्ता सामान्य सूचना र
जानकारीको व्यवस्था गर्न पनि सरकारको ध्यान पुग्न
नसकेको भन्दै कतिपयले आलोचना गर्ने गरेका छन्।