Nepal

तस्वीर कपीराइटGetty Imagesइन्डोनेशियामा यात्रुहरूले डुरियन फलको चर्को गन्ध आएको गुनासो गरेपछि एउटा विमानको उडान केही समयका लागि रोकिएको छ।जाकार्ताबाट बेङ्कुलु उड्न लागेको श्रीविजया एअरको सो विमानमा कार्गो गरिएको दुई टन डुरियन फल थियो। डुरियनलाई संसारको सबैभन्दा गन्हाउने फल मानिन्छ।विमानमा चढेका यात्रुहरूले फल हटाउन आग्रह गरेका थिए। केहीको त चालकदलका सदस्यसँग हात हालाहालको स्थिति नै उत्पन्न भएको थियो।अन्तत: डुरियनका बोराहरू विमानबाट निकालियो र निर्धारित समयभन्दा एक घण्टा ढिलो विमान आफ्नो गन्तव्यतर्फ उड्यो।श्रीविजया एअरले गन्हाउने भए पनि डुरियन फलको कार्गो बोक्नु आफ्नो अधिकारभित्र नै रहेको जनाएको छ।उडान नियमावली पालना गरेर राम्ररी राखिएको डुरियन बोक्नु गैरकानुनी नभएको र धेरै विमानसेवाले त्यसो गर्ने उसको दाबी छ।काँडेदार डुरियनलाई एशियाका धेरै ठाउँमा स्वादिष्ट मानिन्छ। तर सबैलाई त्यो फल मन पर्छ भन्ने छैन।तस्वीर कपीराइटAMIR ZIDANEचर्को गन्ध आउने भएकाले केही देशमा सार्वजनिक यातायात, होटल र विमानमा पनि यसको ओसारपसार गर्न रोक लगाइएको छ।सोमवार भएको सो घटनाबारे एक यात्रुले फेसबुकमा सविस्तार लेखेका छन्।अमिर जिदान लेख्छन्, "विमानमा छिर्दा नै मैले डुरियनको गन्ध थाहा पाइसकेको थिएँ। मैले विमानपरिचारिकालाई त्यसबारे भन्दा उनीहरूले गुनासो फारम भर्न लगाए।"चालकदलले उनलाई त्यो गन्ध विमान उडिसकेपछि हराउने आश्वासन दिन खोज्यो। तर उनको चित्त बुझेन र उनले अरू यात्रुको पनि समर्थन जुटाए।जिदानका अनुसार उनले कराएर अरू यात्रुलाई 'यो विमानमा को उड्न चाहन्छ' भनेर सोध्दा सबैले आफूले उड्न नचाहेको उत्तर दिएका थिए।अरू यात्रुले पनि गुनासो गर्न थाले। केहीको त चालकदलका सदस्यसँग हात हालाहालकै स्थिति उत्पन्न भयो।अन्तत: यात्रुहरूलाई विमानबाट ओर्लिन भनियो र डुरियनको कार्गो निकालियो।बेङ्कुलु विमानस्थलका प्रमुखले एउटा स्थानीय सञ्चारमाध्यमलाई सो घटनाको पुष्टि गरेका छन्। अबउप्रान्त यात्रुलाई अप्ठेरो नहोस् भनेर फल राखिएको स्थिति विमानस्थलले हेर्ने उनले बताएका छन्।





Unlimited Portal Access + Monthly Magazine - 12 issues-Publication from Jan 2021


Buy Our Merchandise (Peace Series)

 


Contribute US to Start Broadcasting



It's Voluntary! Take care of your Family, Friends and People around You First and later think about us. Its Fine if you dont wish to contribute and if you wish to contribute then think about the Homeless first and Feed them. We can survive with your wishes too :-). You can Buy our Merchandise too which are of the finest quality.

Debit/Credit/UPI

UPI/Debit/Credit

Paytm


STRIPE





13